क्रेडिट कार्ड

एभरेस्ट बैंकको क्रेडिट कार्ड एकप्रकार इलेक्ट्रोनिक चेकबुक हो जसबाट ग्राहकले वस्तु रसेवाको खरिद गर्दा उक्त रकम यही कार्डमार्फत् भुक्तान गर्न सक्छन् । बैंकले प्रदान गरेको उधारो यानकि नगद सापटि लिन सकिने व्यवस्थाले गर्दा यस कार्डमार्फत् ग्राहकले आफ्नो व्यवहार सजिलै मिलाउन सक्छन् ।

इबिएल भिजा डोमेस्टिक क्रेडिट कार्ड

बैंकले भिजा डोमेस्टिक कार्डको सुविधा प्रदान गरेको छ जसले गर्दा ग्राहकले एटिएम र पीओएस नेटवर्कमार्फत भिजा कार्ड सेवा भएका एटिएम बुथबाट नेपाल र भारतभरी कारोबार गर्न सक्छन् ।

विशेषताहरू :

  • नेपाल र भारतभरी चल्ने
  • पोइन्ट अफ स्केल पर्चेज सिओएस बाट कारोबार गर्दा कार्डमा चिप भएकाले सहज हुने
  • ब्अअभउतभम बक mयमभ या उबथmभलत बत ख्ष्कब mभचअजबलत यिअबतष्यलक
  • भिजा कार्ड स्वीकार्ने एटिएमबाटनगद झिक्न सकिने
  • नगद भुक्तानी सूचीमा नेपाली रूपैँया १००० अथवा जम्मा डेबिट रकमको १० प्रतिशत झिक्न मिल्ने भएको साथै शतप्रतिशत डेबिट ब्यालेन्स झिक्न सकिने
  • लिएको कारोबारमा कारोबार गरेको न्यूनतम १५ देखि ४५ दिनसम्म ब्याज नलाग्ने
  • प्रतिस्पर्धात्मक ब्याजदर मासिक २ प्रतिशत
  • क्रेडिट रकम नेरू. १५,००० देखि २,००,००० सम्म
  • ऋण सिमा नगद सिमाको ५० प्रतिशत सम्म ।

कारोबारको सीमितता

कारोबारको सीमितता नेपाल भारत
एटिएमबाट दैनिक झिक्न सकिने नेरू 24,000 भारू 15,000
एटिएमबाट मासिक झिक्न सकिने भारू 100,000
पिओएसका लागि दैनिक खरिद गर्न सकिने नेरू 80,000 भारू 50,000
एटिएमबाट प्रतिदिन कारोबार गर्न सकिने ५ पटक ५ पटक
पओिएसबाट कारोबार गर्न सकिने ५ पटक ५ पटक

कार्ड सेवा शुल्क र जरिवानाहरू

कार्ड जारी गर्न नेरू 750
कार्डको वार्षिक / नवीकरण शुल्क नेरू 750
कार्ड साट्ने शुल्क नेरू 750
कार्ड पुनः जार गर्न नेरू 750
पिन नम्बर फेरी लिन नेरू 100
अवरोध व्यवस्थापन शुल्क भिसा नियम अनुसार
बिलम्ब जरिवाना नेरू 250
ओभर लिमिट शुल्क नेरू 500 प्रति महिना
स्वतः तिर्दा हुने गल्तीको शुल्क नेरू 250
खाताको विवरण लिँदा लाग्ने शुल्क नेरू 100
 सीमा वृद्धि शुल्क नेरू 200

योग्यता

  • २१ वर्षभन्दा माथिका नेपाली नागरिक
  • मासिक तलब नेरू. १५,००० भन्दा बढी भएका ग्राहकहरू
  • विदेशी नागरिकको हकमा पासपोर्ट वा दुताबासले दिएको आधिकारिक कागज

भिजा डोमेस्टिक क्रेडिट कार्ड लिने प्रक्रियाहरू

  • नजिकैको शाखाबाट क्रेडिट कार्ड दर्ता फारम लिएर वा  EBL क्रेडिट कार्ड आवेदन फारम  डाउनलोड गरेर भर्ने
  • नजिकैको शाखामा गएर उक्त फाराम दर्ता गर्ने र कर्जा खाता आफ्नो इच्छाअनुसार खोल्ने
  • कार्ड सुचारु हुने दिनपूर्व नै कार्ड लिएर पिन कोर्ड पनि लिने
  • यसपछि तपाईँले नेपाल र भारतमा भिजा कार्ड स्वीकार गर्ने एटिएममा गएर कार्ड प्रयोग गर्न सक्नुहुनेछ  क्लिक गरी डाउनलोड गर्नका लागि जानुहोस् ।

आवश्यक कागजातहरू

  • नागरिकताको प्रतिलिपि
  • हालै खिचिएको पासपोर्ट साइजको फोटो
  • अद्यावधिक गरिएको आफ्नो वार्षिक तलबको आधिकारिक विवरण
  • स्वरोजगार गर्नेको हकमा, कम्पनी दार्तको प्रमाणपत्र, स्थायी लेखा नं. र कर चुक्ता गरेको कागजपत्र
  • आयका अन्य स्रोतहरू भएमा त्यसको प्रमाणपत्र
  • एभरेस्ट बैंकमा धितो राखिएका, बैंकमा मुद्दती खाता भएका तथा बचत खाता व्यवस्थित भएका ग्राहकको हकमा आयस्रोत खुलाउनु नपर्ने

एभरेस्ट बैंकको क्रेडिट कार्ड कसरी प्रयोग गर्ने ?

पिन नम्बर सम्झनुहोस्त: क्रेडिट कार्ड प्राप्त गरेपछिको खामामा ४ अंकको पनि नं. हुन्छ, त्यसलाई याद गर्नुहोस्

पिओएसबाट कार्ड प्रयोग गर्नुहोस्: व्यापारिक प्रयोजनको लागि नगद नतिरी कार्डबाट नगद भुक्तानी गर्नुछ भने यसो गर्नुहोस्:

  • व्यापारीलाई कार्ड दिनुहोस् र त्यो पिओएस मेसिनमा राखेपछि आफूलाई चाहिएको रकमको अंक थिच्नुहोस्
  • यसपछि मेसिनबाट दुईवटा रसिदहरू आउनेछ । एउटा व्यापारीले र एउटा तपाईँले लिनुहोस्
  • व्यापारीले नगद फिर्ता गर्ने सुविधा पनि राखेको हुन सक्छ, त्यस्तो बेला कार्डबाटै रकम फिर्ता लिन सक्नुहुनेछ

एटिएम कार्ड प्रयोग गर्ने तरिका:

  • कार्ड रिडरमा आफ्नो कार्ड हाल्ने, कुनैकुनै एटिएम बुथमा कार्ड भित्र छिराएर तत्बाल निकाल्नुपर्ने पनि हुन्छ
  • तपाईँको आफ्नो चार अंकको पिन नम्बर राख्नुहोस्
  • नगद झिक्न, फास्टक्यास वा विथड्रल बटनमा थिच्नुहोस्
  • विथड्रलमा ५०० रूपैँयाको गुणाङ्कमा नगद झिक्न सकिनेछ
  • यसपछि नगद, एटिएम कार्ड र रकम झिकेको रसिद लिनुहोस्

बाँकी रकम तिर्ने तरिका:

  • बिलिङ समयको अन्तिम अवस्थामा, तपाईंले विवरणसहितको रसिद पाउनुहुनेछ, जसमा व्यापारीसहितले गरको सम्पुर्ण कारोबारको विवरण हुनेछ ।
  • तपाईले प्रतिबद्धता जनाएको न्युनतम रकम निश्चित मिति भित्र जम्मा गर्नु पर्ने हुने छ । तपाईले यसो गर्न असमर्थ हुनु भए जरिवाना तथा तपाईको स्टेमेन्टमा व्याज थपिने छ ।

सुरक्षा सुझावहरू र सुरक्षा उपायहरू:

  • आफ्नो कार्डलाई नगदजस्तै गरी सुरक्षित बनाउनुहोस्, जथाभावी छाड्ने काम नगर्नुहोला
  • कार्डको पछाडिपट्टि रहेको हस्ताक्षर खण्डमाकार्ड पाउनेबित्तिकै हस्ताक्षर गर्नुहोला
  • कार्डको पिन कोड, एक विशेष किसिमको खाममा बन्द गरेर राखिएको हुन्छ, उक्त खामलाई खोलेर पिन कोड याद गर्नुहोला र खामलाई सुरक्षित स्थानमा फ्याँक्नुहोला ।
  • कार्डसँगै लेखेर वा टिपेर पिन नं. नराख्नुहोला, पहिले पनि पिन नं. याद गरेर सम्झनुहोस् जसले गर्दा तपाइंको खाता सुरक्षित हुन्छ
  • बंकले तपाईंलाई कार्ड गरेपछि पनि कोड पहिलोपल्ट परिवर्तनगर्न अनुरोध गर्दछ र यसपछि पनि निश्चित समयमा कोड परिवर्तन गर्नुहोला
  • कार्ड तपाईँको व्यक्तिगत सम्पत्ति हो यसर्थ अन्य कसैलाई पनि कार्ड प्रयोग गर्न वा साझेदार बन्न् नदिनुहोला
  • कार्डमार्फत् तपाईँले गरेका सबै कारोबारको हिस्सेदार तपाईँ स्वयं नै हुनुपर्दछ यसर्थ कार्ड रपिनलाई सँधै सुरक्षित गर्नुहोस्
  • यदि कार्ड हराएमा नजिकैको बैंकमा तुरुन्त खबर गरेर उक्त कार्ड ब्लक गर्नुहोला
  • जहिले पनि एटिएम प्रयोगपछि प्राप्त रसिद आफूसँगै राख्नुहोला र खाताको पूर्ण विवरण हेर्दा विवरणसँग रसिद दाँजेर हेर्नुहोला
  • नियमित रुपमा आफ्नो खाताको कारोबार हेर्ने गर्नुहोला, यदि त्यसबखत केही बेमेल देखिएमा ३० दिनभित्र बैंकमा सम्पर्क गर्नुहोला
  • कार्डलाई बङ्ग्याउने, घाममा राख्ने, ताप र विद्युत्को नजिकमा राख्ने काम नगर्नुहोला

नियम र सर्तहरू

कार्डको प्रयोग र यसपछि गर्नुपने कर्तव्य र शर्तको बारेमा जानकारी लिन कार्ड आवेदन फारामको तलपट्टि हेर्न सकिनेछ वा बैंकको वेभसाइटमा रहेको‘सर्तहरू र सर्तहरूमा ’ मा क्लिक गरेर हेर्न सकिनेछ ।

विस्तृत सम्पर्कका लागि , एभरेस्ट बैंकको डेबिट कार्डथप जानकारी लिन र असुविधाको लागि निम्न ठेगानमा फोन वा इमेल गर्न सक्नुहुनेछ

हटलाइ : 00 977-1-4443377

इमेल : [email protected]

Discount outlets 1 Discount outlets 1