प्रोफाइल

संक्षिप्त प्रोफाइल

10 लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको यस एभरेष्ट बैंक लिमिटेड तपाईँले विश्वास गर्न योग्य, व्यवसायिक कार्यक्षमता भएको बैंक हो । सन् १९९४ मा स्थापना भएको यस बैंक, समाजका हरेक क्षेत्रमा लागानी र व्यापारिक सुविधा दिएर नेपालकै अग्रणी बैंक बनेको छ । बैंकले सेवाग्राहीको मात्र नभएर सिङ्गो देशको, व्यापारको, कृषिको र उद्योगको हितमा कार्य गरेको छ ।

संयुक्त उद्यम साझेदार

पञ्जाब नेशनल बैंकले एभरेष्ट बैंकको कूल २० प्रतिशत पूँजीभार बहन गर्दै संयुक्त उद्यम भागीदार (जोयन्ट भेन्चएर पार्टनर) हुँदै आएको छ । पञ्जाब बैंक भारतको राष्ट्रिय बैंकहरूमा पर्ने देशकै केन्द्रीय स्थानमा शाखा भएको बैंक हो । बैंकले सन् २०१३–२०१४ मा गरेको प्रस्तुतिको कारणले यसको समग्र सेवाले निकै ख्याति तथा सम्मान पाएको थियो ।
भर्खरै पञ्जाब बैंकले ग्राशक व्यवस्थापन तथा बौद्धिक पहल गरेबापत आइडिआरबीटी बैकिङ एक्सेलेन्स अवार्ड प्राप्त गरेको छ । यसैगरी डाइरेक्टरहरूको संस्थाहरूबाट ‘गोल्डेन पिकक विजिनेस एक्सेलेन्स अवार्ड २०१३’ पनि प्राप्त गरेको छ । यसैगरी बैंकले निजी क्षेत्रको सबैभन्दा उत्कृष्ट बैंकको अवार्ड पनि सिएनबी टिभीबाट प्राप्त गरेको छ ।
बैंकको अहिले ८ हजार भन्दा बढी शाखाहरू र ८ हजार ६ सय २२ वटा एटिएम बुथ भारतभरी छरिएर रहेका छन् । संयुक्त उद्यम भागीदारको नाताले पनि बैंकले एभरेष्ट बैंकलाई प्राविधिक सेवा सम्झौताबमोजिम उच्च तहको व्यवस्थापकीय सहायता प्रदान गर्दै आइरहेको छ ।

संजाल

एभरेष्ट बैंकले एबिबिएस सिस्टमबाट देशैभरीका स्थानबाट ग्राहकमैत्री सेवा प्रवाह गर्दै आएको छ । बैंकको नेपालभरी रहेका ९४ वटा शाखाहरू, १ सय १६ वटा एटिएम बुथहरू, र २८ वटा राजस्व संकलन काउन्टरले सेवाग्राहीलाई अत्यन्त सक्षम कार्यक्षमताका साथ जुनसुकै स्थानमा जुनसुकै बेला सेवाप्रवाह गरिरहेको छ ।