कर्पोरेट कर्जा

बैंकले विभिन्न व्यापारिक फर्महरु, उद्योगहरु र अन्य व्यावसायिक संस्थाहरुलाई निजहरुको चालु सम्पत्ती तथा दायित्वहरुको नियमित मूल्यांकन गरेर निजहरुलाई आवश्यक पर्ने चालु पूंजीकर्जा प्रदान गर्नेछ । साथै निजहरुको चालु सम्पत्ती तथा दायित्वहरुको नियमित मूल्यांकन गरेर कर्जा सीमानिर्धारण गर्नेछ ।

बैंकले व्यावसाय संचालन गर्नको लागि छोटो अवधिको लागि चालु पूंजीकर्जा प्रदान गर्नेछ । साथै उद्योग, व्यापार तथा व्यावसाय र सेवा क्षेत्रमा आवश्यक पर्ने विभिन्न कर्जाहरुको मागपुरा गर्नका लागि चालु पूंजीकर्जा प्रदान गर्नेछ । बैंकले व्यावसायिक संस्था तथा सार्वजनिक क्षेत्रको लगानी रहेको व्यावसायलाई आवश्यक पर्ने कोषमा आधारित तथा गैह्र कोषमा आधारित कर्जा सुविधा प्रदान गर्ने छ । कोषमा आधारित कर्जा सुविधाहरुमा बैंकले अधिबिकर्ष कर्जा, डिमाण्ड कर्जा, बिल डिस्काउण्ट आदि छन् भने गैह्रकोषमा आधारित कर्जा सुविधाहरुमा प्रतितपत्र, बैंक ग्यारेण्टी आदि रहेका छन् ।

बैंकले स्थानीय र वैदेशिक बजारमा आयात तथा निर्यात गर्नको लागि एलसी, स्विफ्ट र ग्यारेण्टी जस्ता सुविधाहरु प्रदान गर्दछ । साथै बैंकले आयातरनिर्यात कर्जा अन्तर्गत ट्रष्ट रिसिप्ट, प्रि सिपमेण्ट र पोष्ट सिपमेण्ट ऋण समेत प्रदान गर्दछ ।

बैंकले नयां उद्योग तथा व्यावसाय स्थापना गर्न, संचालनमा रहेका उद्योग तथा व्यवसायलाई विस्तार गर्न आवश्यक पर्ने पूंजीगत सम्पत्तीको लागि आवश्यक पर्ने दिर्घकालिन कर्जा प्रदान गर्नेछ ।

बैंकले पूर्वाधार तथा गैह्र पूर्वाधार क्षेत्रका नयां तथा संचालनमा रहेका परियोजनाको विस्तार गर्न, परियोजनामा विविधता गर्न र आधुनिकीकरण गर्न आवश्यकता अनुसार कोष तथा गैह्र कोषमा आधारित कर्जा प्रदान गर्दछ ।

पूर्वाधार तथा परियोजनाकर्जाको प्रमुख क्षेत्रहरु :

  • सौर्य ऊर्जा र जलबिधुत क्षेत्र लगायत नविकरणीय ऊर्जा सम्बन्धित परियोजना
  •  हवाई तथा उड्यान क्षेत्र
  •  दूरसंचार
  • निर्माण उद्योग : सिमेण्ट, स्टिल, पेय पदार्थ, पाईप, पशुपन्छीको लागि दाना उत्पादन गर्ने उद्योग
  •  होटल, रिसोर्ट्स तथा पर्यटन
  •  अस्पताल, नर्सिङ तथा स्वस्थ्य क्षेत्र

बैंकले सह-वित्तीयकरण कर्जा अन्तर्गत पूंजीकृत ठूला परियोजना जस्तै जलविद्युत,निर्माण उद्योग, अस्पतालहरु, हवाई सेवा, होटल तथापर्यटन, विभिन्न सवारी साधनहरुको एकल वितरक लगायत दैनिक उपभोग्य बस्तुहरुको कारोवारसंग सम्बन्धित व्यवसायहरुमा आवश्यक पर्ने सह-बित्तीयकरण कर्जामा आफनो नेतृत्वमा तथा सदस्य बैंकको रुपमा पनि कर्जा लगानी गर्नेछ ।

भविष्यमा पनि बैंकले सम्भावित परियोजनाहरुको पहिचान गरी त्यस्ता परियोजनाहरुमा आफ्नो नेतृत्व तथा आवश्यकतानुसार सदस्य बैंकको रुपमा पनि सह-वित्तीयकरण कर्जा प्रदान गर्नेछ ।