क्रेडिट कार्ड

एभरेष्ट बैंकको क्रेडिट कार्ड एक प्रकारको इलेक्ट्रोनिक चेकबुक हो जसबाट ग्राहकले वस्तु र सेवाको खरिद गर्दा लग्ने कारोबार रकम यही कार्ड मार्फत् भुक्तान गर्न सक्छन् । बैंकले प्रदान गरेको उधारो यानकि नगद सापटि लिन सकिने व्यवस्थाले गर्दा यस कार्ड मार्फत् ग्राहकले आफ्नो व्यवहार सजिलै मिलाउन सक्छन् ।

इबिएल भिजा डोमेस्टिक क्रेडिट कार्ड

बैंकले भिजा डोमेस्टिक कार्डको सुविधा प्रदान गरेको छ जस्को प्रयोग ग्राहकले एटिएम र पीओएस नेटवर्क मार्फत भिजा कार्ड सेवा भएका एटिएम बुथबाट नेपाल र भारतभरी कारोबार गर्न सक्छन् ।

विशेषताहरू :

  • नेपाल र भारतभरी चल्ने ।
  • पोइन्ट अफ सेल (पिओएस) बाट कारोबार गर्दा कार्डमा चिप भएकाले सुरक्षित हुने ।
  • भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने ।
  • भुक्तानी गर्दा न्युन्तम नेपाली रूपैँया १००० अथवा जम्मा डेबिट रकमको १० प्रतिशत झिक्न सकिने ।
  • बस्तु वा सेवा खरिद करोबारमा न्यूनतम १५ देखि ४५ दिनसम्म ब्याज नलाग्ने ।
  • प्रतिस्पर्धात्मक ब्याजदर (मासिक २ प्रतिशत) ।
  • क्रेडिट रकम नेरू. १५,००० देखि २,००,००० सम्म ।
  • नगद झिक्ने सिमा कुल सिमाको १० प्रतिशत सम्म ।

कारोबारको सीमितता

कारोबारको सीमितता नेपाल भारत
एटिएमबाट दैनिक झिक्न सकिने नेरू २४,००० भारू १५,०००
एटिएमबाट मासिक झिक्न सकिने भारू १००,०००
POS पिओएसका लागि दैनिक खरिद गर्न सकिने नेरू ८०,००० भारू ५०,०००
एटिएमबाट प्रतिदिन कारोबार गर्न सकिने ५ पटक ५ पटक
POS पिओएसबाट कारोबार गर्न सकिने ५ पटक ५ पटक

कार्ड सेवा शुल्क र जरिवानाहरू

कार्ड जारी गर्न नेरू ७५०
कार्डको वार्षिक नवीकरण नेरू ७५०
कार्ड साट्न नेरू ७५०
कार्ड पुनः जारी गर्न नेरू ७५०
पिन नम्बर फेरी लिन नेरू १००
अवरोध व्यवस्थापन भिसा नियम अनुसार
बिलम्ब भुक्तान जरिवाना नेरू २५०
ओभर लिमिट नेरू ५०० प्रति महिना
स्वतः तिर्दा हुने गल्ती नेरू २५०
खाताको विवरण लिँदा नेरू १००
 सीमा वृद्धि नेरू २००

योग्यता

  • २१ वर्षभन्दा माथिका नेपाली नागरिक
  • मासिक तलब नेरू. १५,००० भन्दा बढी भएका ग्राहकहरू
  • विदेशी नागरिकको हकमा पासपोर्ट वा दुताबासले दिएको आधिकारिक कागज

भिजा डोमेस्टिक क्रेडिट कार्ड लिने प्रक्रियाहरू

  • नजिकैको शाखाबाट क्रेडिट कार्ड दर्ता फारम लिएर वा  EBL क्रेडिट कार्ड आवेदन फारम  डाउनलोड गरेर भर्ने ।
  • नजिकैको शाखामा गएर उक्त फाराम दर्ता गर्ने ।
  • क्रेडिट कार्ड र पिन कोर्ड लिएर कार्ड सुचारु गर्नहोस् ।
  • यसपछि तपाईँले नेपाल र भारतमा भिजा कार्ड स्वीकार गर्ने एटिएममा गएर कार्ड प्रयोग गर्न सक्नुहुनेछ ।

आवश्यक कागजातहरू

  • नागरिकताको प्रतिलिपि
  • हालै खिचिएको पासपोर्ट साइजको फोटो
  • अद्यावधिक गरिएको आफ्नो वार्षिक तलबको आधिकारिक विवरण
  • स्वरोजगार गर्नेको हकमा, कम्पनी दर्ताको प्रमाणपत्र, स्थायी लेखा नं. र कर चुक्ता गरेको कागजपत्र
  • आयका अन्य स्रोतहरू भएमा त्यसको प्रमाणपत्र
  • एभरेस्ट बैंकमा धितो राखिएका, बैंकमा मुद्दती खाता भएका तथा बचत खाता व्यवस्थित भएका ग्राहकको हकमा आयस्रोत खुलाउनु नपर्ने

एभरेस्ट बैंकको क्रेडिट कार्ड कसरी प्रयोग गर्ने ?

पिन नम्बर सम्झनुहोस : क्रेडिट कार्ड प्राप्त गरेपछिको खाममा ४ अंकको पनि नं. हुन्छ, त्यसलाई याद गर्नुहोस्

POS मा कार्ड प्रयोग गर्ने तरिका: व्यापारिक प्रयोजनको लागि नगद नतिरी कार्डबाट नगद भुक्तानी गर्नको लागि यसो गर्नुहोस्:

  • व्यापारीलाई कार्ड दिनुहोस् र त्यो पिओएस मेसिनमा राखेपछि आफूलाई चाहिएको रकमको अंक र पिन न. थिच्नुहोस् ।
  • यसपछि मेसिनबाट दुईवटा रसिदहरू आउनेछ । एउटा व्यापारीले र एउटा तपाईँले लिनुहोस् ।
  • व्यापारीले नगद फिर्ता (cash back) गर्ने सुविधा पनि राखेको हुन सक्छ, त्यस्तो बेला कार्डबाटै रकम फिर्ता लिन सक्नुहुनेछ ।

एटिएम कार्ड प्रयोग गर्ने तरिका:

  • कार्ड रिडरमा आफ्नो कार्ड हल्नुहोस ।
  • तपाईँको आफ्नो चार अंकको पिन नं राख्नुहोस् ।
  • नगद झिक्न, फास्टक्यास वा विथड्रल बटनमा थिच्नुहोस् ।
  • विथड्रलमा ५०० रूपैँयाको गुणाङ्कमा नगद झिक्न सकिनेछ ।
  • यसपछि नगद, एटिएम कार्ड र रकम झिकेको रसिद लिनुहोस् ।

बाँकी रकम तिर्ने तरिका:

  • बिलिङ समयको अन्तिम अवस्थामा, तपाईंले विवरण सहितको रसिद पाउनुहुनेछ, जसमा गत महिनाको सम्पुर्ण कारोबारको विवरण हुनेछ ।
  • तपाईले प्रतिबद्धता जनाएको न्युनतम रकम निश्चित मिति भित्र जम्मा गर्नु पर्ने हुने छ । तपाईले यसो गर्न असमर्थ हुनुभए जरिवाना तथा तपाईको स्टेमेन्टमा व्याज थपिने छ ।
  • एटिएम बाट रकम निकलेमा निकालीएको दिन देखिनै ब्याज लग्ने छ ।

सुरक्षा सुझावहरू र सुरक्षा उपायहरू:

  • आफ्नो कार्डलाई नगद जस्तै गरी सुरक्षित बनाउनुहोस्, जथाभावी छाड्ने काम नगर्नुहोला ।
  • कार्डको पछाडिपट्टि रहेको हस्ताक्षर खण्डमाकार्ड पाउने बित्तिकै हस्ताक्षर गर्नुहोला ।
  • कार्डको पिन कोड, एक विशेष किसिमको खाममा बन्द गरेर राखिएको हुन्छ, उक्त खामलाई खोलेर पिन कोड याद गर्नुहोला र खामलाई सुरक्षित स्थानमा फ्याँक्नुहोला ।
  • कार्डसँगै लेखेर वा टिपेर पिन नं. नराख्नुहोला, जहिले पनि पिन नं. याद गरेर सम्झनुहोस् जसले गर्दा तपाइंको खाता सुरक्षित हुन्छ ।
  • बैंकले तपाईंलाई कार्ड दिएपछि पिन कोड पहिलोपल्ट परिवर्तन गर्न अनुरोध गर्दछ र यसपछि पनि समय समयमा कोड परिवर्तन गर्नुहोला ।
  • कार्ड तपाईँको व्यक्तिगत सम्पत्ति हो यसर्थ अन्य कसैलाई पनि कार्ड प्रयोग गर्न वा साझेदार बन्न् नदिनुहोला ।
  • कार्ड मार्फत् तपाईँले गरेका सबै कारोबारको हिस्सेदार तपाईँ स्वयं नै हुनुपर्दछ यसर्थ कार्ड र पिनलाई सँधै सुरक्षित गर्नुहोस् ।
  • यदि कार्ड हराएमा नजिकैको बैंकमा तुरुन्त खबर गरेर उक्त कार्ड ब्लक गर्नुहोला ।
  • जहिले पनि एटिएम प्रयोगपछि प्राप्त रसिद आफूसँगै राख्नुहोला र खाताको पूर्ण विवरण हेर्दा विवरणसँग रसिद दाँजेर हेर्नुहोला ।
  • नियमित रुपमा आफ्नो खाताको कारोबार हेर्ने गर्नुहोला, यदि त्यसबखत केही बेमेल देखिएमा ३० दिनभित्र बैंकमा सम्पर्क गर्नुहोला ।
  • कार्डलाई बङ्ग्याउने, घाममा राख्ने, ताप र बिधुत को नजिकमा राख्ने काम नगर्नुहोला ।

नियम र सर्तहरू

कार्डको प्रयोग र यसपछि गर्नुपने कर्तव्य र शर्तको बारेमा जानकारी लिन कार्ड आवेदन फारामको पछाडि हेर्न सकिनेछ वा बैंकको वेभसाइटमा रहेको‘नियम र सर्तहरूमा ’ मा क्लिक गरेर हेर्न सकिनेछ ।

विस्तृत सम्पर्कका लागि :

एभरेस्ट बैंकको क्रेडिट कार्ड बारे थप जानकारी लिन र असुविधाको लागि निम्न ठेगानमा फोन वा इमेल गर्न सक्नुहुनेछ

हटलाइन : ०१-४५४३३७७

इमेल : [email protected]