एभरेष्ट सेवानिवृत्ति अबकाश योजना

यो योजना ति संस्थाहरुकोलागि ल्याईएको हो, जसले मासिक रुपमा कर्मचारी अवकाशका लागि संचय-कोषमा रकम जम्मा गर्छन्, तथा समय समयमा स्वयम आफैले नियमानुसार कर छुटका लागि रकम जम्मा गर्छन्।

बिशेषताहरु

  • कुनै पनि संघ  संस्थाले सम्पूर्ण कर्मचारीका लागि एउटै वा प्रत्येक कर्मचारीका लागी छुट्टा छुट्टौ खाता खोल्न सक्नेछन् ।
  • यस खातामा चेकबुक उपलब्ध गराईने छैन ।
  • खाता सन्चालन अनुमती, संस्थाले निर्धारित व्यक्तिको हस्ताक्षरबाट हुनेछ ।
  • खातामा भएको रकमको भुक्तानी कर्मचारीको अवकाश, राजिनामा, निस्कासन वा संस्थाको निर्देशन अनुरुप हुनेछ ।
  • संस्थाको सिफारिस को आधारमा मौजात रकमको ९०%सम्म ऋण सुविधा लिन सकिनेछ । यस्तो सुविधा लिनु भएमा मौजात ब्याज दर भन्दा २% बढि ब्याज लाग्नेछ ।