विप्रेषण विप्रवाह - नेपालबाट पैसा पठाउन

विप्रेषण विप्रवाह OUTWARD REMIT:

नेपालबाट विदेशीमुद्राको विप्रेषण नेपाल राष्ट्रबैंकको दिशानिर्देश बमोजिम हुनेछ । हामी यहाँहरुको विप्रेषण भुक्तानी तोकिएको सिमामा रही ड्राफ्ट तथा विद्युतीय प्रणाली मार्फत सहज रुपमा पठाउँदछौं ।

भारत:

भारतमा पैसा पठाउनका लागि एभरेष्ट बैंक एक अग्रणी र सहज माध्यम हो । कुनै पनि व्यक्ति तथा संस्थाले एभरेष्ट बैंकका कुनै पनि शाखाहरुबाट पञ्जाब नेशनल बैंकको लागि खिचिएका ड्राफ्ट मार्फत भुक्तानी पठाउन सक्नेछन् ।

Speed Remittance in India:

एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलार्ई नेपालबाट भारतको पञ्जाब नेशनल बैंकको खातामा तुरुन्त रकम जम्मा गर्न सकिने विप्रेषण सेवा उपलब्ध गराउँदछ । यो एक विद्युतीय माध्यमबाट रकमान्तर गर्ने आधुनिक प्रणाली हो ।

RTGS (Real Time Gross Settlement):

यस सेवा अन्र्तगत एभरेष्ट बैंकले भारतमा पञ्जाब नेशनल बैंक बाहेकका अन्य बैंकमा समेत रकम जम्मा गर्ने सुविधा प्रदान गर्दछ ।

पंजाब नेशनल बैंक –  शाखा सूची

बिश्वका अन्य देशहरुमा:

हामी अमेरिकी डलर ड्राफ्ट स्टयान्डर्ड चार्टड बैंक, न्यूयोर्कबाट तथा युरो ड्राफ्ट स्टयान्डर्ड चार्टड बैंक जर्मनी मार्फत भुक्तानी हुने गरी पठाउने सुविधा प्रदान गर्दछौं । यहाँहरुले व्यवसायिक भुक्तानी, कलेजशुल्क तथा अन्य भुक्तानीहरु SWIFT मार्फत विश्वका कुनै पनि देशमा पठाउन सक्नुहुनेछ ।

बिस्तृत जानकारीका लागि नजिकैको एभरेष्ट बैंकका शाखाहरुमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ


Send Us Your Inquiry and Get Us to Call You Back