Archives

नेपाल राष्ट बेैंकको संयोेजनमा बिगत वर्षहरु जस्तै यस वर्ष पनी एभरेष्ट बेैंकले मिति २०८०/१२/०५ देखी सप्ताव्यापी अभियान अन्तर्गत Global Money Week – 2024 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल /क्याम्पस हरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गरायो ।

‘Protect Your Money, Secure Your Future’ भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशी करण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइयो।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालय, १६३ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन साझेदारी भएको छ । बैंक तथा वित्तीय संस्थालाई ‘एपिआई मेनेजमेन्ट सिस्टम’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ ।

समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एभरेष्ट बैंकलाई वान प्वाइन्टले ‘API Management System – APIMS’ उपलब्ध गराउनेछ । वानप्वाइन्टको एपीआईएमएसले बैंकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने छ ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म१४ लाख भन्दा बढीसन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा. लि., धनगढी कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका वरिष्ठ प्रबन्धक श्री सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा मा १० % सम्म साथै फार्मेसी तथा सर्जरीमा सेवामा ५ % सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ र नेत्रालयका अध्यक्ष श्री गजेन्द्र बहादुर चन्दको उपस्थितिमा हस्ताक्षरित उक्त समारोहमा बैंकका सुदुर पश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक श्री उज्वल कुमार पोखरेलको समेत उपस्थिति रहेको थियो ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म१४ लाख भन्दा बढीसन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६४  ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

Everest Bank is delighted to announce a groundbreaking collaboration with BitsKraft Pvt. Ltd!  Introducing the revolutionary ‘Instant Voice Payment Notification’ service through ‘Koili’ for the banks’ QR merchants.

Everest Bank, a pioneer in the banking sector, is propelling towards a future of seamless digital transactions. With ‘Koili,’ our cutting-edge Instant Audio Payment Notification (IPN) terminal, merchants can now receive payment alerts in their preferred language, including Nepali, Newari, Maithili, Bhojpuri, and English.

Wondering why ‘Koili’? It tackles issues like QR scan fraud and SMS alert delays, catering especially to merchants who may not be fluent in English. We’re bridging the gap to ensure your payments are secure and trouble-free!

Thanks to BitsKraft’s top-notch digitization services, Everest Bank is spearheading the next phase of digital transformation and paving the way towards a secure, Cardless, and Cashless Society.

Join us on this thrilling journey towards financial independence and prosperity for all!

Since its inception, EBL bank has been the first choice of customers and has more than 1.4 million satisfied customers and it has been providing state-of-the-art mobile, internet and cash banking facilities through its global network with its 128 branch network, 3 extension counters, 7 regional offices, 164 ATMs spread across the country.

This bank has also been providing services from 32 collection centers for the revenue collection of the Government of Nepal.

एभरेष्ट बैंक लिमिटेड र ASG Eye Care Health Services Pvt. Ltd. नयाँबानेश्वर बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदानगर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

उक्त सम्झौतालागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत Surgery Procedures, Minor Investigation (Staff Only), Opticals  १० % सम्म्को विशेष छुटको लाभ लिन सक्नेछन् । साथै पहिलो पटक रजिष्ट्रेशन तथाओपिडी शुल्क न लाग्ने र एक पटकको लागि१५ दिनभित्रको Follow Up समेत निशुल्क हुनेछ । सो समारोहमा बैंकका नायब महाप्रबन्धक श्री गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुखश्री पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथाअस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धकश्री संजिब कुमार ठाकुरको समेत उपस्थिति रहेको थियो ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्नगाउँ तथा शहरहरुमारहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलोबैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०८० साल मंसिर८ गतेका दिन टोखा नगरपालिका वडा नं. ६, टोखामाआफ्नो १२८औं शाखाउद्घाटनगरेकोछ ।

उक्त शाखाको उद्घाटनबैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर श्री मुरारी तामाङलेसंयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य श्री कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक श्री केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख श्री सन्तोष कुमार भट्टराई,बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमाबैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरु विश्वासको सहयात्री भएको साथै साथैटोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुभयो । सो अवसरमा टोखा नगरपालिकाका उप–मेयर श्री तामाङले टोखामा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताउनु भयो ।यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालय, १६३ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग किंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित श्री जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएम् को समुद्घाटन गरेको छ । सो एटिएम्को समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ र मिल्सका निर्देशक श्री दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् । यो संगै बैंकको एटिएम्को संख्या १६३ पुगेको छ । सो अवसरमा बैंकका प्रमुख कार्याकारी अधिकृत खालिङले उक्त एटिएम् सेवा विस्तार संगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरु तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानिय बासन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गर्नुभयो भने मिल्सका निर्देशक श्री न्यौपानेले बैंकले आफ्नो प्रङगणमा एटिएम् सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै घन्यावाद ज्ञापन गर्नुभयो ।

साथै सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख श्री लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक श्री ध्रुव प्रसाद आचार्य र अधिकृत श्री अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक श्री नविन पण्डित श्रेत्री र मिल्सका तर्फबाट श्री अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालय, १६३ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग किंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

मिति २०८०/०७/२३ गते सम्पन्न एभरेष्ट बैंक लिमिटेडको ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको छ । साथै उहाँले आजै मिति २०८०/०७/२४ गतेका दिन नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिनु भएको छ । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहिरहनु भएका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित हुनुहुन्छ ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसक्नु भएका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी (PHD) गर्नु भएको छ ।साथै, उहाँ बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहनु भएको थियो । उहाँको अध्यक्षतामा एभरेष्ट बैंकले उल्लखनीय प्रगती गर्दै बैंकको नारा जस्तै दिगो, दरिलो र विश्वासिलो बन्दै बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने विश्वास लिइएको छ ।

 

एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ। पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतासँगै अब एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउन हिमालयजको सेवामा १० प्रतिशत छुट पाउनेछन्। रुम, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छुटले बैंकका ग्राहक तथा कर्मचारीहरु लाभान्वित हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विश्वास गरे।

सम्झौता कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम, पोखरा शाखाका शाखा प्रमुख उज्वलराज शर्मा लगायतको उपस्थिति थियो। होटल क्राउन हिमालयज पोखरा क्षेत्रको सुविधा सम्पन्न होटलहरु मध्यमा पर्न सफल रहेको होटलको दाबी छ। होटलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आफूहरुले स्तरीय सेवा प्रदान गरिरहेको सञ्चालक अर्यालले जानकारी दिए। होटलमा सिङ्गल, डबल, ट्रिपल, स्ट्यान्डर्ड तथा डिलक्स गरी ३८ वटा रुम छन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालय, १६२ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग किंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

यस एभरेष्ट बैंक लिमिटेडका संस्थापक एवं संचालक समितिका अध्यक्ष श्री विष्णुकृष्ण श्रेष्ठज्यूको ९४ वर्षको उमेरमा मिती २०८०, कार्तिक ६ गते मेडिसिटी अस्तालमा उपचारको क्रममा असामयिक एवं दु: खद निधन भएको जIनकारी गराऊँद छौं।

स्वर्गीय वि. के. श्रेष्ठको कुशल नेतृत्व एवंम अभिभावकत्वमा यस वैंकले उदाहरणीय प्रगति गर्दै आफुलाई दिगो, दरिलो र विश्वासीलो बैंकको रुपमा स्थापित गर्न सफल भएको विदितै छ।

श्रेष्ठको अन्त्येष्टि उनको इच्छा बमोजिम, एभरेष्ट बैंकको सहयोगमा पशुपतिमा सञ्चालनमा रहेको कम दाउराले शव जलाइने प्रविधिमा आधारीत वुडन क्रिमेटरीमा कार्तिक ७ गते सम्पन्न भएको थियो।

यस दु: खद घडीमा सान्तवना प्रदान गर्ने सबैमा धन्यबाद वक्त गर्दै, शोकाकुल श्रेष्ठ परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

सुदेश खालिङ
प्रमुख कार्यकारी अधिकृत
एवम्
समस्त एभरेष्ट बैंक परिवार
८ कार्तिक, २०८०